एमाले अध्यक्षका लागि ओलीले दर्ता गराए उम्मेदवारी

चितवन : नेकपा एमालेको अध्यक्षका लागि केपी शर्मा ओलीले उम्मेदवारी दर्ता गराएका छन् । सोमबार चितवनको सौराहास्थित एमालेको दशौं महाधिवेशनका क्रममा अध्यक्ष ओलीले अर्को कार्यकालका लागि अध्यक्षमा उम्मेदवारी दर्ता गराएका हुन् ।

सोमबार बिहान सौराहास्थित होटेल सेभेन स्टारमा स्थापित केन्द्रीय निर्वाचन कार्यालयमा गएर ओलीले उमेदवारी दर्ता गराएका छन्। अब एमालेको अध्यक्षका लागि भीम रावल र ओलीबीच भिडन्त हुनेछ । यसअघि रावलले पनि अध्यक्षमा उम्मेदवारी दर्ता गराएका थिए।

बिज्ञापन