
काठमाडौं । सोलुखुम्बुमा निर्माण भइरहेको सोलुखोला दुधकोशी जलविद्युत् आयोजना परीक्षणको क्रममा दुई इन्जिनियरको मृत्यु भएको छ । सो घटनामा अर्का एक घाइते भएका छन् ।

टनेल पाइपमा पानी हालेर परीक्षण गर्ने क्रममा पाइप फुटेर दुर्घटना भएको हो ।
बिज्ञापन



मृत्यु हुनेमा माछापुच्छ्रे मेटल एन्ड मेकानिकल कम्पनीका इन्जिनियर अछाममा सुवास रेग्मी र काभ्रे घर भएका कन्सल्ट्यान्ट इन्जिनियर अर्जुन थापा छन् । म्यानेजर मोहम्मद राइन गम्भीर घाइते छन् ।

हिजो साँझको घटनामा घाइते तीनैजनालाई हेलिकप्टरबाट काठमाडौं ल्याइएकोमा दुईजनाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका इन्सपेक्टर ऋषिराज ढकालले बताए ।