
काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न स्थीर राजनीति अपरिहार्य रहेको बताएका छन् । नयाँ सन् २०२२ को अवसरमा शुभकामना सन्देश जारी गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन्।

उनले सन् २०२१ मा केही शक्तिहरुले देशको दूरगामी यात्रालाई अनुचित र अनपेक्षित रुपमा अल्मल्याउने काम गरेको आरोप लगाए। अनुचित दुष्प्रयासहरुले अवरोध पुर्याएर थाती रहेकाे राष्ट्रिय समृद्धिकाे यात्रा नयाँ वर्षमा थप उचाइमा पुर्याउने उनले बताएका छन् ।



‘भर्खरै सन् २०२१ मा केही शक्तिहरुले मुलकको दूरगामी यात्रालाई अनुचित र अनपेक्षित रुफमा अलमल्याउने काम गरे। मुलुकलाई अस्थिरताको दुष्चक्रबाट बाहिर निकालेर विकासको असाधारण अभियानतर्फ अगाडि बढाइरहेको एमालेको सरकारलाई संविधानको अपव्याख्याबाट हटाइयो’ ओलीले भनेका छन्, ‘संवैधानिक विचलन, अराजकता र सत्ताको अनुचित भागवण्डाको विकृतिपूर्ण अवस्थामा धकेल्ने काम भए। ‘

ओलीले २०२१ मा आफू नेतृत्वको सरकारले असाधारण काम गरेको, चुच्चे नक्सा प्रकाशन गरेको, अर्थतन्त्रलाई माथि उठाएको, विकासका दूरगामी योजनाहरु थालनी गरेको उल्लेख गरेका छन्।
