
अर्थमन्त्री जनार्दन शर्माले बैंकमा ऋणी र धनीबीच फरक छुट्याउन समस्या रहेको बताएका छन् ।

सोमबार बैंक तथा वित्तीय संस्था परिसंघ नेपालको दोस्रो वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले भने, ‘बैंकमा ऋणी को हो, धनी को हो ? ब्याज कसले कसलाई तिरेको छ रु कतै उही व्यक्ति ऋण र उही व्यक्ति धनी त भएको छैन नि ! ’
बिज्ञापन



परिसंघका अध्यक्ष पवन गोल्यानले संशोधन हुन थालेको बैंक तथा वित्तसम्बन्धी ऐन वाफिया कार्यान्वयनमा आउँदा अहिलेका धेरै लगानीकर्ता सञ्चालक समितिमा आउन नसक्ने गुनासो गरेपछि अर्थमन्त्री शर्माले यस्तो जवाफ फर्काएका हुन् ।

सरकारले बैंकिङ क्षेत्रमा लगानी गर्ने लगानीकर्तालाई निरुत्साहित गर्नेगरी अतरिक्त कर लिएको समेत गुनासो गोल्यानले गरेका छन् ।
अर्थमन्त्री शर्माले भने संकटका बेलामा समेत बैंकहरू नाफा मुखी भएको भन्दै त्यस्तो नगर्न आग्रह गरे ।