माधव नेपालको पार्टी एमसीसीविरुद्ध आजदेखि आन्दोलनमा

काठमाडौं, १ फागुन । नेकपा (एकीकृत समाजवादी) पार्टीले आइतबार देशभर एमसीसी सम्झौताविरुद्ध विरोध प्रदर्शन गर्ने भएको छ ।

सत्ताको नेतृत्व गरिरहेको नेपाल कांग्रेसले सभामुख अग्नीप्रसाद सापकोटालाई संसद्मा एमसीसी टेवल गर्न दबाब दिइरहेका बेला एकीकृत समाजवादीले आज देशभर विरोध प्रदर्शन गर्न लागेको हो ।

बिज्ञापन

एकीकृत समाजवादी निकट जनवर्गीय संघठनहरूले आइतबार एमसिसी सम्झौताविरुद्ध माइतीघर मण्डलामा विरोध कार्यक्रम गर्दै छन् ।

एकीकृत समाजवादीको ललितपुर जिल्लाका जनवर्गीय संगठनहरूले आइतबार एमसिसी सम्झौताविरुद्ध दिउँसो १ बजे विरोध प्रदर्शन गर्दै छन् । विरोध कार्यक्रम लगनखेल चोकमा गरिने जनाइएको छ ।

एकीकृत समाजवादीको भक्तपुर जिल्लाका जनवर्गीय संगठनहरूले पनि आइतबार नै एमसिसी सम्झौताविरुद्ध विरोध प्रदर्शन गर्ने भएका छन् ।

सूर्यविनायक चोकमा विरोध कार्यक्रम गरिने एकीकृत समाजवादीले जनाएको छ ।