
काठमाडौं, । सरकारले नयाँ शैैक्षिक सत्रको पढाइ स्थानीय तहको चुनावपछि मात्रै सञ्चालन गर्ने तयारी गरेको छ । यस विषयमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले सरोकारवालासँग छलफल गर्न लागेको छ ।
चालू शैक्षिक सत्रको पढाइ चैतसम्मै सञ्चालन गर्ने र परीक्षा सञ्चालन, नतिजा प्रकाशन, नयाँ विद्यार्थी भर्ना तथा पाठ्यपुस्तक वितरणलगायतका काम आगामी वैशाखभित्र सम्पन्न गर्ने मन्त्रालयको योजना छ ।
मन्त्रालयको तयारीअनुसार नै शैक्षिक सत्रको व्यवस्थापन भयो भने निजी विद्यालयमा अध्ययनरत विद्यार्थीको शुल्क व्यवस्थापनमा समस्या आउने देखिन्छ ।
यो वर्षको शैक्षिक सत्र सकेर नयाँ शैक्षिक सत्रमा विद्यालय परिवर्तन गर्ने विद्यालयले पुरानो विद्यालयमा कुन महिनासम्मको शुल्क तिर्ने भन्ने अन्योल देखिन्छ । “वैशाखमा परीक्षा सञ्चालन हुने भयो भने मैले छोरालाई ६ कक्षा पढाउन अर्को स्कुल लैजाँदा जेठ लाग्ने भयो ।
यसो हुँदा पुरानो स्कुललाई पनि वैशाखसम्मै शुल्क तिर्नुपर्ने र अर्को स्कुललाई पनि वैशाख महिनादेखि नै लागू हुनेगरी १२ महिनाकै शुल्क तिर्नुपर्ने हुन्छ ।”