माओवादीले शुक्रबार केन्द्रीय समितिको बैठक बोलायो

काठमाडौं । नेकपा माओवादी केन्द्रले केन्द्रीय समिति बैठक बोलाएको छ ।

माओवादीले शुक्रबार बिहान ११ बजेका लागि बैठक बोलाएको हो । बैठकका केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालले केन्द्रीय सदस्यहरूलाई एसएमएससमेत पठाइसकेका छन् ।

बिज्ञापन

आइतबार संसदबाट एमसिसी अनुमोदन भएपछि माओवादीभित्र तीव्र असन्तुष्टि चुलिएको छ ।

नेताहरू नारायणकाजी श्रेष्ठ, लीलामणि पोखरेल, गिरिराजमणि पोखरेललगायतले व्याख्यात्मक टिप्पणीमार्फत एमसिसी पास गर्ने निर्णयप्रति असन्तुष्टि जनाइरहेका छन् ।

बैठकमा पार्टीभित्रको चर्को असन्तुष्टि समाधान गर्नका लागि छलफल हुने बताइएको छ । साथै, केन्द्रीय समिति बैठकले बाँकी रहेका पदाधिकारी पनि चयन गर्ने सम्भावना छ ।