बैसाखमा निर्वाचन भए पर्साका १० हजार मतदाता वञ्चित हुने

वीरगञ्ज । आउँदो बैसाख १७ र २७ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा पर्साका चार गाउँपालिकाका करिब १० हजार नागरिकता प्राप्त व्यक्ति मतदान गर्नबाट वञ्चित हुने भएका छन् ।

विसं २०७५ पुस ११ गते चार गाउँपालिकालाई हेर्ने गरी स्थापना भएको इलाका प्रशासन कार्यालयमा नागरिकता लिएका व्यक्तिको मतदाता सूचीमा नाम अद्यावधिक हुन नसक्दा करिब १० हजार व्यक्ति मतदान गर्नबाट वञ्चित हुने सम्बन्धित गाउँपालिकाका पदाधिकारीको भनाइ छ ।

बिज्ञापन

पटेर्वासुगौली, जगरनाथपुर, जिराभवानी तथा ठोरी गाउँपालिकाका नागरिक इलाका प्रशासन कार्यालय सुपौलीबाट नागरिकता प्राप्त गरे पनि मतदाता सूचीमा नाम आउन नसकेपछि तिनीहरूले आगामी बैसाखमा हुने प्रतिनिधिसभाको निर्वाचनमा मत खसाल्नबाट वञ्चित हुने जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियाँले बताए ।