रुसी आक्रमणका कारण व्यापक मानवअधिकार उल्लंघन विरुद्ध प्रदर्शन

काठमाडौं । मानव अधिकार तथा शान्ति समाजले युक्रेन माथि रुसले गरेको आक्रमणका कारण भएको महिला र बालबालिकाहरुको ब्यापक मानवअधिकार उल्लङ्घनको बिरोधमा प्रदर्शन गरेको छ । अन्तराष्ट्रिय नारी दिवसको अवसरमा मंगलबार रुपन्देहीको वुटवलमा भएको विरोध प्रदर्शमा रुसलाई तत्काल युद्ध रोकी मानवअधिकारको सम्मान गर्न आग्रह गरिएको थियो ।

प्रदर्शनमा बोल्दै शान्ति समाजका केन्द्रीय सभापति गोविन्द खनालले युक्रेनमाथि रुसी आक्रमणका कारण लाखौ विस्थापित एवं शरणार्थी भएको जनाए ।

बिज्ञापन

मंगलबार बिहान आघा घण्टा भएको प्रदर्शनमा शान्ति समाजका सचिव मिना ढकाल, पूर्व केन्द्रीय सदस्य अञ्जु गौतम, रुपन्देही शाखा सभापति डिपी खनाल, सचिव कपिल ज्ञवाली लगायत दर्जनौ शान्तिवादीहरुको सहभागिता रहेको थियो ।

यस्तै अन्तराष्ट्रिय नारी दिवसका दिन मंगलबार नै शान्ति समाज काठमाण्डौ शाखाको आयोजनामा ‘रुस युक्रेन युद्ध : महिला र बालबालिका संकटमा’ विषयक विचार गोष्ठी सम्पन्न भएको छ ।