मादी बस दुर्घटना : मृतक परिवारलाई प्रदेश सरकारले १ लाख राहत दिने

विराटनगर । संखुवासभाको मादी बस दुर्घटनामा परी ज्यान गुमाएका परिवारलाई प्रदेश सरकारले राहत स्वरुप एक लाख सहयोग गर्ने भएको छ ।
बिहीबर बस दुर्घटना हुँदा १५ जनाको मृत्य भएको थियो ।

मृतकका परिवारलाई एक लाखको दरले राहत उपलब्ध गराउने प्रदेश १ सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले बताए ।

बिज्ञापन

बिहीबार बिहान मादीबाट झापाको दमक हिँडेको बा.४ ख ७३५ नम्बरको यात्रुबाहक बस मादी सातघुम्ती मोडमा दुर्घटना भएको थियो ।

१४ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने एक जनाको उपचारको क्रममा मृत्यु भएको थियो ।