
काठमाडौँ- बलात्कार आरोपमा प्रहरी हिरासतमा रहेका नेकपा (एमाले)का संघीय सांसद मोहन बानियाँ धरौटीमा छुटेका छन् । सांसद बानियाँ पाँच लाख धरौटीमा बुधबार छुटेका हुन् ।

जिल्ला अदालत बाँकेका न्यायाधीश ईश्वरीप्रसाद भण्डारी इजलासले सांसद बानियाँलाई ५ लाख धरौटीमा छोड्ने आदेश दिएको हो ।
बिज्ञापन



सांसद बानियाँले माघ १९ गते नेपालगन्जको होटलमा जुम्लाकी ४० वर्षीया एक महिलालाई बलात्कार गरेको भन्दै पीडितले २७ माघमा जिल्ला प्रहरी कार्यालय बाँकेमा उजुरी दिएकी थिइन् ।

उजुरीपछि फागुन १६ गते नेपालगन्ज विमानस्थलबाट सांसद बानियाँ पक्राउ परेका थिए ।