
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अर्थमन्त्री जनार्दन शर्माले गर्भनरलाई कारबाही गर्नुपर्नाको कारणको स्पष्टिकरण दिएका छन् ।

प्रधानमन्त्री देउवाले गभर्नरले अर्थमन्त्रीलाई असहयोग गरेकाले कारबाही गर्नुपरेको स्पष्टीकरण दिएका हुन्।



सरकारले शुक्रबार गभर्नर महाप्रसाद अधिकारीलाई पदमुक्त गर्न सर्वोच्च अदालतका पूर्वन्यायाधीशको नेतृत्वमा तीन सदस्यीय जाँचबुझ समिति बनाएको थियो ।

त्यससँगै अधिकारी स्वतः निलम्बनमा परेका छन् । गभर्नरमाथि थालिएको कारबाहीको चौतर्फी आलोचना भएको छ ।
सोमबार सत्तारुढ दलहरुको बैठकमा नेपाली कांग्रेस महामन्त्री गगनकुमार थापा र नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले अर्थतन्त्रको संकट र गभर्नरमाथि थालेको कारबाहीबारे प्रश्न गरेका थिए ।
प्रधानमन्त्री देउवाले भने अर्थमन्त्रीलाई असहयोग गरेका भनेको कारण कारबाही गरेको बताएका छन् । उनका अनुसार आफूलाई काम गर्न नदिएको र आफूले गरेका सबै काममा असहयोग गरेको अर्थमन्त्रीको गुनासो थियो ।