
तेह्रथुमको छथर गाउँपालिकाका नेकपा एमालेका वडा अध्यक्ष सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । गठबन्धनका कार्यकर्तालाई बाहिरबाट मानिस ल्याएर कुटपिट गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा छथर गाउँपालिका वडा नम्बर–२ का वडा कमिटीका अध्यक्ष मन बहादुर खड्का, कृष्ण बहादुर कार्कि र मेदुना राना मगर छन् । मेदुना रानामगर चालक हुन् । उनिहरुलाई अहिले इलाका प्रहरी कार्यालय बसन्तपुरमा राखिएको छ ।
बिज्ञापन



