
आज कारोबार सुरू भएको डेढ घन्टाको समयमै नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा ५० अंकको गिरावट आएको छ । ११ बजे देखि कारोबार सुरू भएको नेप्सेमा साढे १२ बजेटसम्ममा ४९.६६ अंकको गिरावट आएको हो ।यससँगै, १९ सय ९६ अंकबाट कारोबार सुरू भएको नेप्से परिसूचक यो समाचार तयार पार्दासम्म घटेर १९ सय ४६ अंकमा आइपुगेको छ । यसक्रममा आज ६८ करोड ५७ लाख ४० हजार रुपैयाँ बराबरको १८ लाख ४९ कित्ता सेयर किनबेच भएको छ ।

यस अवधिसम्ममा कारोबारमा आएका सबै १३ वटै समूहमा गिरावट आएको छ । यस्तै, आज ४ कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले घटेको छ भने एउटा कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ ।
बिज्ञापन



