
काठमाडौं । नवनियुक्त सहरी विकास मन्त्री मेटमणि चौधरीले पदभार ग्रहण गरेका छन् । सोमबार पद तथा गोपनीयताको शपथ लिएपछि मन्त्री चौधरीले सिंहदरबारमा पदभार ग्रहण गरेका हुन् ।

पदभार ग्रहणपछि उनले सहरी ऐनलाई अघि बढाउने प्रस्तावमा हस्ताक्षर गरेका थिए । पदभारपछि मन्त्री चौधरीले क्षमताअनुसार काम गरेर देखाउने प्रतिबद्धता जनाए ।
बिज्ञापन



उनले आफूले सबैसँग मिलेर काम गर्ने भन्दै पाँच महिनाको अवधिमा नजिता देखिने गरी काम गर्ने पनि बताए । उनले यसअघि भएका कामको निरन्तरता र नयाँ काममा आफ्नो ध्यान रहने धारणा राखे ।
