प्रधानमन्त्री ओली सिंगापुर रहेकै बेला पूर्वराजा ज्ञानेन्द्र पनि सिंगापुर जाँदै !

काठमाडौं । नेपाल ‘संघीय लोकतान्त्रिक गणतन्त्रात्मक’ मुलुक हो । यहाँ राजा छैनन् । राष्ट्रपति राष्ट्र प्रमुख हुने र प्रधानमन्त्री कार्यकारी रहने संवैधानिक व्यवस्था छ ।

 

बिज्ञापन

तर, पूर्व राजा ज्ञानेन्द्र शाहको गतिविधिलाई राजनीतिमा शंकाको घेरामा राखिन्छ । उनले दिने अभिव्यक्ति वा गतिविधिलाई लिएर राजनीति उच्च तहबाट कडा टिप्पणीमात्र होइन धम्कीपूर्ण प्रतिक्रिया आउने गरेको छ ।

 

अझ बेला बेला पूर्वराजा ज्ञानेन्द्रको स्वदेश तथा विदेश यात्राले राजनीतिमा तरङ्गै ल्याउने गरेको छ ।


शनिबार राति प्रधानमन्त्री केपी शर्मा ओली सिंगापुर गएका छन् । तर, यही बेला पूर्वराजा ज्ञानेन्द्र पनि सिंगापुर पुग्ने खबरले उत्तिकै चर्चा पाएको छ ।

 

यसै हप्ता चीन जाने र यसक्रममा सिंगापुरमा पूर्वराजा ज्ञानेन्द्रको ट्रान्जिट हुने खबरले जनतादेखि नेतासम्म तरङ्ग ल्याइदिएको छ । छोरा बुहारी तथा पूर्वयुवराज्ञी हिमानी शाह, परिवारका केही सदस्य र सहयोगीसहित ज्ञानेन्द्र चीन भ्रमणमा जान लागेको खबर सार्वजनिक भएको छ ।

 

पूर्व प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड थाइल्याण्ड पुगेर स्वदेश फर्केको दिन शनिबार प्रधानमन्त्री ओली सिंगापुर पुगेका बेला ज्ञानेन्द्रको पनि सिंगापुर हुँदै चीन भ्रमणमा जाने खबरले राजनीतिमा तरङ्ग ल्याएको हो ।

 

तर, के पूर्वराजा ज्ञानेन्द्र सिंगापुर हुँदै चीन जाने हल्ला साँचो हो ? यसलाई खण्डन गरेका पूर्वराजा ज्ञानेन्द्र शाहका सहयोगी फणि पाठकले । उनकाअनुसार पूर्वराजा ज्ञानेन्द्रको तत्कालका लागि विदेश भ्रमणको कार्यक्रम तय भएको छैन ।

 

ज्ञानेन्द्र सिंगापुर हुँदै चीन भ्रमणमा जान लागेको खबर हल्ला मात्रै भएको पाठकले क्यानडानेपाललाई जानकारी दिए । यद्यपी ज्ञानेन्द्रकाे भ्रमणलाई गाेप्य राखिएकाे कतिपयले बताए पनि पूर्वराजाकाे सचिवालयले भने यसलाई अस्वीकार गरेकाे छ । साभार: CandaNepal