नेपाल पर्यटन बोर्ड र कोरिया अल्पाइन महासंघबीच सम्झौता

काठमाडौं । कोरियामा नेपाली पर्यटनको प्रवर्द्धन गर्ने मुख्य लक्ष्यसहित नेपाल पर्यटन बोर्ड र कोरिया अल्पाइन महासंगबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

समझदारीपत्रमा नेपाल पर्यटन बोर्डका अध्यक्ष महेश्वर न्यौपाने र कोरिया अल्पाइन महासंघका अध्यक्ष डा. सुन जङ हुओले हस्ताक्षर गरेका छन् ।

बिज्ञापन

सम्झौतापत्रमा हस्ताक्षर कार्यक्रममा पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनन्जय रेग्मी तथा कार्यकारी समिति सदस्यद्वय मदन आचार्य र नग्वा निग्मा शेर्पाको समेतको उपस्थिति थियो ।