काभ्रेस्थली घटनाको अनुसन्धानका लागि शिक्षण अस्पताल महाराजगञ्जको फरेन्सिक टोली घटना स्थलमा

काठमाडौं। काठमाडौंको तारकेश्वर नगरपालिका–२, काभ्रेस्थलीमा एकै परिवारका चार जना मृत भेटिएको घटनाको अनुसन्धानका लागि शिक्षण अस्पताल महाराजगञ्जको फरेन्सिक टोली घटना स्थलमा पुगेको छ ।

गोरखाको भीमसेन थापा गाउँपालिका–६ घर भई काभ्रेस्थली बस्दै आएका ४१ वर्षका दिनेश पाण्डे, उनकी श्रीमती ३९ वर्षकी सुनिता, छोरा ८ वर्षका आशिक र छोरी १३ वर्षकी आशिका घरमै मृत भेटिएका थिए ।

बिज्ञापन

घटनास्थलमा त्रिवि शिक्षण अस्पतालबाट फरेन्सिक डा. गोपाल चौधरी र डा. आयुष उपाध्याय सहितको टोली खटिई अनुसन्धानमा सुरु भएको प्रहरीले जनाएको छ ।