भोलिदेखि मतदाता नामावली संकलन स्थगित हुने

काठमाडौं। भोलिदेखि मतदाता नामावली संकलन स्थगित हुने भएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले शुक्रबारदेखि मतदाता नामावली संकलन स्थगित हुने जानकारी दिनुभयो ।

सरकारले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन मंसिरमा ४ गर्ने घोषणा गरेपछि मतदाता नामावली संकलन कार्य स्थगित गर्ने निर्णय भएको हो । आयोगले हाल देशभरका जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय आदि ठाउँबाट फोटोसहितको मतदाता नामावली संकलन गरिरहेको छ । चुनाव घोषणा गरेपछि मतदाता नामावली संकलन स्थगित गर्ने प्रचलन छ ।

बिज्ञापन