काङ्ग्रेसबाट निर्वाचित मेयरले गरे घरमै पुगेर पोषण भत्ता वितरण

मोरङ । विराटनगर महानगरपालिकाले बृद्धबृद्धाहरुलाई घरमै गएर पोषण भत्ता वितरण गर्न सुरु गरेको छ । महानगर प्रमुख भीम पराजुलीले मंगलबार वडा–३ स्थित १ सय १ वर्षीय नारायणप्रसाद रेग्मीलगायतलाई घरमै गएर पोषण भत्ता वितरण गरेका हुन् ।

 

बिज्ञापन

महानगरले गत आर्थिक वर्षमा ८४ वर्ष उमेर पूरा गरेकाहरुलाई पोषण भत्ता वितरण गर्ने घोषणा गरेको थियो । विराटनगरका १९ वटै वडामा ८४ वर्ष उमेर पुग्नेहरुको संख्या १ हजार २ सय ४६ जना छन् ।

 

८४ वर्ष उमेर पूरा गरेकालाई मासिक १ हजार रुपैयाँ पोषण भत्ता महानगरबाट दिने नीति अनुरुप गत वर्षको १२ महिनाको एकमुष्ठ १२ हजारका दरले रकम वितरण गरिएको जनाइएको छ ।