
काठमाडौं । मोहन वैद्य किरणको नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी माओवादी र धर्मेन्द्र बाँस्तोला कन्चनको नेकपा बहुमत पार्टीबीच एकता गर्ने सहमति भएको छ ।

क्रान्तिकारी माओवादीका महासचिव वैद्य र बहुमतका संयोजक बास्तोलासहितको आज बसेको बार्ता टोलीको बैठकले पार्टी एकता गर्ने सहमति भएको हो ।
बिज्ञापन



बैठकले एकता प्रकृयालाई अघि बढाउन १२ सदस्यीय संयोजन समिति गठन पनि गरेको एक नेताले जानकारी दिनुभयो । बैठकपछि संयुक्त रुपमा वक्तव्य जारी गर्दै वैद्य र बाँस्तोलाले एकता प्रकृयामा सामेल हुन पार्टी संगठन र नेताकार्यकर्तालाई आह्वानसमेत गरेका छन् ।
