
काठमाण्डौं। आफूविरुद्धको महाभियोग छानबिनका लागि प्रतिनिधि सभामा गठित महाभियोग सिफारिस समितिको बैठकमा बयान दिन सिंहदरबार पुगेका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा डेढ घण्टादेखि कुरेको कुर्यै भएका छन्।

सिंहदरबारस्थित कानुन, न्याय तथा मानव अधिकार समितिको सभाकक्षमा बिहान ११ बजेका लागि बोलाइएको बैठक साढे १२ हुँदासम्म सुरु हुन सकेको छैन।
बिज्ञापन



समितिको बैठकमा बयान दिन चोलेन्द्र १० बजेर ५५ मिनेटमै सिंहदरबार छिरिसकेका थिए। तर बैठक सुरु नहुँदा समितिसँगै जोडिएको अर्को भवनमा चोलेन्द्र कुरेर बसेका छन्।
