पर्सामा मेयरसहित ५५ जनामा कोरोना, ल्याबका कर्मचारी पनि संक्रमित

वीरगञ्ज : वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जसमा एक सेना र एक मेयरलाई पनि संक्रमण देखा परेकाेछ । संक्रमित सबैको परिक्षण रिपार्ट शनिबार बिहान आएको हो ।

बिज्ञापन

संक्रमित मध्ये ४७ जना पुरूष र ८ जना महिला रहेका छन् । संक्रमित हुनेमा २२ वर्षका देखि ७४ वर्ष सम्मका छन् ।

नारायणी अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट उपाध्यायले दिएकाे जानकारीका अनुसार आज (शनिबार) बिहान संक्रमण हुनेहरुमा बारा जिल्ला कलैया वडा नम्बर १० घर भइ ३१ बर्षका १ जना नारायणी अस्पतालका प्रयोगशाला प्राविधिक रहेका छन् ।

वीरगन्जस्थित चण्डी प्रसाद गणमा कार्यरत ३२ बर्षका १ जना नेपाली सेना रहेका छन् । पर्सा जिल्ला बहुदरमाइ नगरपालिकाका ४० बर्षिय मेयर रहेका छन ।

त्यसैगरी वीरगन्ज महानगरपालिकाका विभिन्न वडाका २२ बर्ष देखि ७४ बर्षका सम्मका २१ जना, पर्सा जिल्ला बहुदरमाइ नगरपालिकाका २२ बर्ष देखि ४० बर्षका सम्मका २५ जना, छिपहरमाइ गाँउपालिका वडा नम्बर ५ भिस्वाका ३५ बर्षिय १ जना पुरुष र ५५ बर्षिय १ जना महिला रहेकी छिन् भने बिन्दवासिनी गाँउपालिका नगरदाहा वडा नम्बर ३ का ३१ बर्षिय १ जना पुरुष रहेको उनले बताए ।

त्यसैगरी बारा जिल्ला भलुही भरवलियाका ३० बर्षका १ जना पुरुष , बारा जिल्ला मनहर्वाका ४३ बर्षिय १ जना पुरुष, सर्लाही जिल्लाका २६ बर्षका १ जना पुरुष रहको उनले बताए ।

साउन २० गते देखि २३ गते सम्मका स्वाब संकलन गरि नारायणी अस्पतालको प्रयोगशालमा परीक्षण गर्दा ५५ जना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका डा. निरज सिंहले जानकारी दिए ।