
दमक/ नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री एव नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालविरुद्ध भारतीय बाबा रामदेव र आचार्य बालकृष्ण सञ्चालक रहेको पतञ्जलिलाई दिएको जग्गा सट्टापट्टा प्रकरणमा बिहीबार नेपालविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा चलाएको हो।। प्रवक्ता राजेन्द्रकुमार पौडेलले आज अदालतमा नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको जानकारी दिएका छन्।
‘भ्रष्टाचार मुद्दाको फाइल विशेष अदालतमा पुगेको छ’, उनले भने, ‘हामी केहीबेरमा औपचारिक विज्ञप्ति पनि निकाल्दैछौँ ।’