पेरिस डाँडामा पाटि कार्यालयकाे शिलान्यास

दमक / माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुस्ताङको पेरिस डाँडामा पाटि कार्यालयकाे शिलान्यास गरेका छन्।

घरपझोङ गाउँपालिका—४ भ्रप्सोस्थित पेरिस डाँडामा निर्माण हुने पार्टीे कार्यालय भवनको शिलान्यास गरेका हुन् ।

मुक्तिक्षेत्र निबासि छ्ङ्गुरका ढच्युङ गुरुङले जग्गादान गरेका हुन् भने साे भवन छ कोठाको निर्माण गरिने माओवादी केन्द्र जिल्ला समन्वय समितिका  ‘इञ्चार्ज’ धीरेन्द्र विकले जानकारि दिएका छन् ।

उक्त अवसरमा अध्यक्ष दाहालले पार्टी कार्यालय भवन निर्माणपछि संगठन विस्तारका साथै मुस्ताङीको विकासका चाहनामा भरथेग गर्न सहज हुने विश्वास व्यक्त गरेका छन्।