
काठमाण्डौं। निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग महाभियोग सिफारिस समितको आजको बयान सकिएको छ। समितिले आजको बैठकमा जबरालाई पाँचवटा प्रश्न सोधेको थियो।

सिफारिस समितिले जबरालाई सोध्न ४३ प्रश्न तयार गरेको छ। झण्डै डेढ घन्टामा पाँचवटा प्रश्न सोधेर भदौ २५ गतेका लागि अर्को बैठक बोलाइएको छ।
बिज्ञापन



सिंहदरबारमा गत १५ गतेदेखि समितिले जबराको बयान लिन थालेको हो। १५ र १६ गते दुईदिन बसेको बैठकमा जबराले ७ वटा प्रश्नको जवाफ दिएका थिए।

पहिलो दिनको बैठकमा ४ घन्टा चोलेन्द्रले जवाफ दिएका थिए। दोस्रो दिनको बैठक २ घन्टा मात्र चलेको थियो। सिंहदरबारमा बुधबार करिब ५ घण्टा बयान दिएका जबराले बिहीबार सवाँ ११ बजेदेखि २ घण्टासम्म बयान दिने क्रममा प्रश्न नम्बर ५ र ६ को मात्रै जवाफ दिन भ्याएका थिए।