प्रहरी भन्छ : सन्दीपले नाबालिगलाई पटक-पटक बलात्कार गरेको जाहेरी छ

काठमाडौं । जिल्ला प्रहरी परिसर, काठमाडौंले राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध जबरजस्ती करणीको कसूरमा किटानी जाहेरी परेको जानकारी दिएको छ ।

बुधबार बिहान प्रेस विज्ञप्ति जारी गर्दै काठमाडौं प्रहरीले जाहेरी दर्ता भएलगत्तै वान डोर क्राइसिस म्यानेजमेन्ट सेन्टर (ओसीएमसी) मा पीडित किशोरीको विस्तृत स्वास्थ्य परीक्षण गराइएको जनाएको छ ।

बिज्ञापन

पीडितले दिएको जाहेरी दर्खास्तमा ५ भदौमा काठमाडौं र भक्तपुरको विभिन्न स्थानमा लगेर राति बलात्कार गरेको उल्लेख गरिएको विज्ञप्तिमा उल्लेख गरिएको प्रहरीले जनाएको छ ।

काठमाडौंमा ल्याइ रातको अन्दाजी ११ः५५ बजे काठमाडौं-९ स्थित एक होटलको कोठा नम्बर ३०५ मा ६ गते बिहान १२ः२५ मा पटक-पटक जबरजस्ती करणी गरेको लगायत उल्लेख गरी २१ भदौमा प्रहरी वृत्त, गौशालामा जाहेरी दर्खास्त परेको छ प्रहरीद्वारा जारी विज्ञप्तिमा लेखिएको छ ।’

अनुसन्धानका लागि विभिन्न विधि र प्रविधि प्रयोग गरेर जिल्ला प्रहरी परिसर, काठमाडौं र प्रहरी वृत्त गौशालाबाट संयुक्त टोली खटिएको जानकारी समेत दिइएको छ । सन्दीप घटनाको भोलिपल्ट नेपाली क्रिकेट टोलीको नेतृत्व गर्दै केन्या गएका थिए ।

केन्यामा पाँच वटा टी-२० क्रिकेट खेलेपछि उनी उतैबाट क्याराबियन प्रिमियर लिग (सीपीएल) क्रिकेट खेल्न जमैका गएका थिए । अहिले उनी त्यहीँ छन् ।