
काठमाण्डौ। विचार र सिद्धान्त फरक भएको नेपाली कांग्रेस लगायतका अन्य राजनीतिक दलहरुसँग गठबन्धन गर्दै कम्युनिष्ट सरकार ढालेर चारतिर फर्किएका दलहरुसँग तालमेल गर्दै सत्ता परिवर्तन गरेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल राजनीतिका एक चुतुर खेलाडी हुन् ।

सायद त्यहि भएर होला, बेला–बेला उनी राजनीति भनेको सम्भाबनाको खेल हो भनेर भन्ने गर्छन् । एमाले र माओवादी केन्द्रलाई नेकपा बनाएका प्रचण्डले महाधिबेशनबाट नेकपाको अध्यक्ष बन्न नसक्ने देखेर नै होला तात्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीसँग राम्रो सम्बन्ध नभएका माधव कुमार नेपाललाई हातमा लिएर इतिहासकै शक्तिसाली कम्युनिष्ट सरकार ढाले ।



त्यसलगत्तै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन लागिपरे र कम्युष्टि सरकारले बहुमत गुमायो । अहिले कांग्रेस लगायत ५ दलको गठबन्धन सरकार छ । सत्तामा टाँसिरहन मात्र नभएर निर्वाचनका लागि पनि गठबन्धनलाई कायमै गरेर लागे प्रचण्डको जोड छ ।

उनको यो जोड राजनीतिक स्थायित्वका लागि भन्दा पनि आफ्नो अभिष्ट पुरा गर्न रहेछ भन्ने प्रष्ट भएको छ । प्रचण्डले आज मात्र पोखरामा संचारकर्मीहरुसँगको अन्तरकृयामा आँफू चितवनबाटै चुनाव लड्ने र झण्डै झण्डै चुनाव जित्ने पक्का भएको बताए । उनको यो भनाईले पनि पुष्टि गर्छ कि प्रचण्ड एक्लै चुनाव लडे माओवादी केन्द्रको पत्ता साफ हुन्छ ।
र चितवन लगायत देशका धेरै निर्वाचन क्षेत्रमा माओवादीका उमेद्वारहरुको जमानत जफत हुन्छ । उनको आजको भनाईबाट यहि पुष्टि हुन्छ । किनकी पाँच दलको गठबन्धनका साथै बाबुराम भट्टराई र बामदेव गौतमलाई समेत तालेलमा ल्याएका उनले लगभग लगभग चुनाव जित्ने कुरा गरेका छन् ।
सात सात पार्टीको साथलिएर आठ दलको साझा उमेद्वार बन्दा पनि झण्डै झण्डै जित्ने कुरा गर्नुले के यो प्रमाणित गर्दैन त ? माओवादी केन्द्र एक्लै चुनाव लडे पत्तासाफ, धेरै नेताको जमानत जफत । प्रचण्डको आजको भनाईले नेपाली कांग्रेसका नेताहरुले पनि बुझ्न आबश्यक के छ भने, अब माओवादीले भनेजति सिट दिएर होईन उसको हैसियत अनुसारको सिट दिएर अघि बढ्नुपर्छ ।
नत्र यसले माओवादीलाई त बचाउँछ नै नेपाली कांग्रेसलाई बैसाखी टेक्ने बनाउँछ । देशभरका कांग्रेसका नेता कार्यकर्ताले पनि यो बुझ्न आबश्यक छ । हुनत यहि बुझेर होला बेला बेला कांग्रेस नेता शेखर कोइरालाले सय सिट भन्दा तल झर्न नहुने नत्र पार्टी भित्र बिद्रोह हुने चेतावनी दिदै आएका छन् । उनले निर्वाचनपछि कांग्रेसको बहुमत आउने गरी सिट बाँडफाँड गर्नुपर्ने धारणा राख्दै आएका छन् ।
तर देउवापक्षले भने ८६ सिट सम्म पनि मिल्न सक्ने जनाउँदै आएका छन् । यसले कांग्रेस आँफै बिभाजितको संघारमा पुगेको छ । यदि सय सिट नहुनेगरी नेतृत्वले सहमति जनाए शेखर र शसांक पक्षधरले उमेद्वारी दिन सक्ने पनि देखिएको छ । यसले गठबन्धन निर्वाचन सम्म टिक्ला भन्न सकिने अबस्था पनि छैन् । कांग्रेस नेतृ पार्वता डिसी चौधरीले पनि संसदमै सम्बोधन गर्ने क्रममा भनि सकेकी छन् ।
यो गठबन्धन धेरै टिक्न सक्दैन् । र यो दिगो पनि हुँदैन् । उनले मुख खोलेर भन्न हिम्मत गरेपनि अन्यले भने नेतृत्वको विरोधमा मुख खोल्न सकेका छैनन् । कांग्रेसले पार्टी बचाउन पनि देशभरबाट उमेद्वार दिन सक्नुपर्छ । अन्यथा चौधरी र कोईराला जस्ता नेताहरुको साथ निर्वाचनमा नभए गठबन्धनको एमाले पत्तासाफ गर्ने उदेश्य आँफू नै साफ हुनेतर्फ नपुग्ला भन्न सकिन्न् ।
अरुलाई पत्तासाफ हुनबाट बचाउँदा आँफै पत्तासाफ हुनबाट बचाउन कांग्रेस नेतृत्वले बुझुन सक्नुपर्छ । नत्र कांग्रेसलाई पाँच बर्षपछि हुने अर्को निर्वाचनमा उठ्न निक्कै कठिन पर्नेछ ।