
काठमाडौं । साफ यू–१७ च्याम्पियनसिप फुटबलको फाइनल खेलमा आज नेपालले भारतसँग प्रतिस्पर्धा गर्दैछ। कोलम्बोको रेस कोर्स ग्राउण्डमा हुने नेपाल र भारतबीचको फाइनल खेल राति ८:१५ बजे सुरु हुनेछ।
आजको खेलमा जित निकाल्दै नेपाल उपाधि रक्षा गर्ने योजनामा छ । समूह चरणमा अपराजित हुँदै नेपाल फाइनल पुगेको हो। नेपालले समूह चरणको अन्तिम खेलमा भारतलाई ३–१ गोल अन्तरले हराएको थियो।
त्यसैले आज नेपाल आफ्नो लयलाई कायम राख्न चाहन्छ। नेपालले सेमिफाइनल खेलमा श्रीलंकालाई ६–० गोल अन्तरले हराएको थियो। यता साविकको विजेता भारत पनि उपाधि उचाल्ने योजनामा छ। तुलनात्मक रुपमा भारत नेपालमाथि हावी हुँदै आएपनि यो सिजन भने नेपालको प्रदर्शन उत्कृष्ट छ।
नेपाली टोलीका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले आफूहरु उपाधिका लागि खेल्ने बताए । भारतविरुद्धको खेल सहज नहुने बताउँदै उनले आफूहरुले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जित्ने बताए। प्रतियोगितामा नेपाल अपराजित रहदै फाइनल पुगेको हो। भारतले भने समूह चरणमा एक हार व्यहोरेको थियो।