प्रतिनिधिसभा बैठकमा शीर्ष नेताहरुले सम्बोधन गर्ने

प्रतिनिधिसभाको आज बस्ने बैठकमा राजनीतिक दलका शीर्ष नेताहरुले सम्बोधन गर्ने भएका छन् । बैठक केहीबेरमा शुरु हुँदैछ ।  प्रतिनिधिसभाको कार्यकाल आज राति १२ बजे सकिँदैछ।  २०७४ मा निर्वाचित सांसदहरुको अन्तिम संसद् बैठक आज बस्दैछ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिनिधि सभाको कार्यकालको जारी अधिवेशन अन्त्य गर्न शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गरिसकेको छ।

मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनको बन्दसूची पेस गर्ने कार्यतालिका असोज २ र ३ मा रहेकाले असोज १ सम्म कार्यकाल मानेर सदनका पछिल्लो बैठकमा बोल्ने सांसदहरुले विदाई सम्बोधन गर्ने गरेका थिए ।

बिज्ञापन