
काठमाडौं । प्रहरी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेता कार्यकर्ताबीच झडप हुँदा दुई दर्जन बढी घाइते भएका छन् । सनातन धर्म सापेक्ष हिन्दु राष्ट्रको माग गर्दै राप्रपाले गरेको जनसंघर्ष कार्यक्रममा प्रहरीले लाठी चार्ज गर्दा दुई दर्जन नेता तथा कार्यकर्ता घाइते भएका राप्रपाले जनाएको छ ।
प्रहरीको लाठी लागेर पूर्व गृहमन्त्री निरन्जन थापा, सह–महामन्त्री भरत रायमाझी, विक्रम बहादुर थापा, कुन्ती शाही, प्रकास रिमाल, महेश बहादुर सिंह, छात्र कडायत लगायत नेता तथा कार्यकर्ता घाइते भएका छन् । उनीहरुको मोडल अस्पतालमा उपचार भईरहेको छ । घाईतेहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिन राप्रपा अध्यक्ष कमल थापा लगायतका नेताहरु अस्पताल पुगेका छन् ।
घाइते हुने अन्य नेता तथा कार्यकताहरुमा महेश सिंह विष्ट, कमलराज बम, प्रशान्त थापा, तारानाथ शर्मा, अभिषेक नाथ, बाबु थापा, गुणराज भण्डारी, केदार धमला, जगदीश राज भण्डारी, त्रिविक्रम सिंह, उपेन्द्र विक्रम पुरुष, निराजन बम, गिरीराज पुरुष, माधव खत्री, राममणी न्यौपाने, नानु नगरकोटी, बुद्धि मिजार, बिन्दु पहाडी, बिनोद भारती रहेका छन् । उनीहरुमाथि प्रहरीले अन्धाधुन्ध लाठी चार्ज गरेको हो ।