सहकारी संस्थाका कार्यकारी प्रमुखलाई दिए ऋण सदस्यले ज्यान मार्ने धम्की

दमक / झापाको बिर्तामोडमा रहेकाे एक सहकारी संस्थाका कार्यकारी प्रमुखलाई साेहि सहकारीका  ऋण सदस्यले ज्यान मार्ने धम्की दिएको आरोप लागेको छ।

बिर्तामोडमा रहेका्े धौलागिरी पारिजात बहुउद्देश्यीय सहकारी संस्थाका कार्यकारी प्रमुख कृष्ण पौडेललाई ऋण सदस्यले ज्यान मार्ने धम्की दिएको आरोप लागेको छ।  भने शुक्रबार पत्रकार सम्मेलनमार्फत उक्त घटनाको कडा विरोध जनाउँदै सहकारीले दोषीलाई कारबाहीको माग समेत गरेको छ।

बिज्ञापन

उक्त सहकारीका अनुसार साेहि नगरपालिका–१ का खगेन्द्र क्षेत्रीले फोनमार्फत बिहिबार पौडेललाई घरमै आएर कत्ती प्रहार गर्ने चेतावनी दिएका थिए। क्षेत्रीले २०७७ साल चैतमा सहकारीबाट २५ लाख रुपैयाँ ऋण लिएका थिए। साे रकमकाे ब्याजसहित हाल ४४ लाख २९ हजार ३४५ रुपैयाँ पुगेको छ।

ऋण असुली प्रक्रिया अन्तर्गत सहकारी सञ्चालक भिमबहादुर पौडेल क्षेत्रीको घर पुगेपछि खगेन्द्रबाट धाकधम्की आएको र त्यसपछि संस्थाले कानुनी प्रक्रियामार्फत ऋण तिर्न अनुरोध गरेको बताइएको छ।

पत्रकार सम्मेलनमा दोषीलाई कडाभन्दा कडा कारबाहीकाे माग गर्दै सहकारीका अध्यक्ष किशोर भट्टराईले धम्कीपूर्ण व्यवहारले सहकारी संस्था र कर्मचारीको मनोबल खस्काउने बताएका छन्।