ताप्लेजुङलका उत्कृष्ट ९ कृषकहरू सम्मानित

दमक / विश्व खाद्य स्वच्छता दिवसको अवसरमा कृषि ज्ञान केन्द्र ताप्लेजुङले उत्कृष्ट ९ कृषकहरूलाई सम्मान गरेको छ ।

विश्व खाद्य स्वच्छता दिवसको अवसरमा साताव्यापी रूपमा आयोजित कार्यक्रमको अवसरमा कृषि ज्ञान केन्द्रले साेहि ठाँउका नौ जना उत्कृष्ट कृषकलाई सम्मान गरेको हो ।

बिज्ञापन

नौ वटा पालिकाले छनोट गरेर पठाएको एक एक जना उत्कृष्ट कृषकलाई नगदसहित दोसल्ला ओढाएर प्रशंसापत्रले सम्मान गरेको कार्यालय प्रमुखले जानकारी दिइन् । उनका अनुसार पाथीभरा याङवरक गाउँपालिकाका उत्कृष्ट कृषक सन्तोष खिम्दिङ, फक्ताङलुङ गाउँपालिकाका भक्तबहादुर कार्की, फुङलिङ नगरपालिकाका पोष्टबहादुर कार्की र सिरीजङ्घा गाउँपालिकाका छत्रमान कुँवरलाई सम्मान गरिएको हाे ।

यस्तै, मेरिङदेन गाउँपालिकाका विजयप्रकाश चोङबाङ, मिक्वाखोला गाउँपालिकाका डम्बरबहादुर बस्नेत, सिदिङवा गाउँपालिकाका इन्द्रबहादुर लिम्बू मैवाखेला गाउँपालिकाका छत्रबहादुर लिम्बू र आठराई त्रिवेणी गाउँपालिकाका उत्कृष्ट कृषक शङ्करप्रसाद श्रेष्ठलाई सम्मान गरिएको प्रमुख पोखरेलले बताइन् ।

सम्मानित कृषकहरूले किवी फल, काजु, अलैँची लगायतका फलफूल, सागसब्जीलगायतका बाली लगाएको कृषकहरूले बताएका छन् । आफ्नो पेसाको मल्याङ्कनसहित सम्मान प्रकट गरेको प्रति आभार प्रकट गर्दै भविष्यमा थप उर्जा प्राप्त भएको सम्मानित कृषकहरूलकाे भनाइ छ।