मुस्ताङमा दुर्घटना भएको ट्विनअटरको ‘ब्ल्याक बक्स’ फेला

मुस्ताङमा दुर्घटना भएको तारा एयरको ९ एन–‘एईटी’ ट्विनअटर विमानको ककपिट भ्वाइस रेकर्डर (ब्ल्याक बक्स) भेटिएको छ । दुर्घटना स्थल  थासाङ गाउँपालिका–२ सानोस्वाँरेमा ब्ल्याक बक्स भेटिएको त्रिभुवन विमानस्थल नागरिक उड्ययन कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाले

सो ककपिट भ्वाइस रेकर्डर काठमाडौंमा ल्याएर छानविन समितिलाई हस्तान्तरण गरिने प्रवक्ता सिटौलाले बताए । सिटौलाले भने, ‘ककपिट भ्वाइस रेकर्डर भेटिँदा छानविन समितिलाई दुर्घटनाको कारण पत्ता लगाउन सहज हुन्छ ।’विमान दुर्घटनामा परेर ज्यान गुमाएका १० जनाको शव काठमाडौं ल्याइएको छ । थप १२ जनाको शव कोबाङ्गमा केन्द्रित गरेर काठमाडौं पठाउन लागिएको मुस्ताङका डिएसपी रामकुमार दानीलेबताए ।