
काठमाडौं-सशस्त्र प्रहरी बाराले लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।
सशस्त्र प्रहरी बल सीमामा खटिएको टोलीले बिश्रामपुर गाउपालिका ३ स्थित खुदियाटोला दशगजा ईलाकाबाट लागुऔषध सहित एक जनालाई प्रकाउ गरेको हो ।
सशस्त्र प्रहरीको बीओपी बरैनियाबाट खटिएको सशस्त्र प्रहरी निरीक्षक नारायण सिह ऐरीको नेतृत्वमा खटिएको टोलीले बारा विश्रामपुर गाउपालिका ३ मुसहर्वाका १८ वर्षीय धन्नजय यादबलाई पक्राउ गरेको गणपती दिग बिजय सुबेदीले बताए ।
उनको साथबाट लागुऔषध नाईट्रोजेपान ६०० गोटा र विन कोरेक्स १४७ बोटल बरामद गरेको प्रहरीले जनाएको छ ।