काठमाडौं अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालिन आयुक्त राजनारायण पाठकले अख्तियारमै परेको एउटा मुद्दा मिलाउन सबन्धित पक्षसँग घूस लिएको खुलासा भएको छ । पटक–पटक गरी विभिन्न व्यक्तिमार्फत ७८ लाख रुपैयाँ घूस दिएर पनि पाठकले काम नगरिदिएपछि घूस दिने समूहले उनको भिडियोसमेत खिचेको खुलासासंगै देशमा बिभिन्न बहस शुरु भएको छ ‘।
एक वर्षअघि नेपाल इन्जिनियरिङ कलेजको सम्पत्ति बाँडफाँटमा भएको अनियमितताबारे अख्तियारमा उजुरी परेको थियो। उक्त उजुरीमाथि छानबिन चलिरहेका बेला सम्बद्ध एक समूहले आफूमाथिको छानबिन रोक्न आयुक्त पाठकमार्फत अख्तियारमा सम्पर्क गर्यो।त्यो समूहका व्यक्तिहरूले राजधानीको एक निजी कलेजका सञ्चालक राजबहादुर बञ्जारा (नाम परिवर्तन) मार्फत आयुक्त पाठकसग सम्पर्क गरे। पाठकको सुझावअनुसार बञ्जारा समूहले राजनारायणका भाइ शुभनारायण पाठकलाई पहिलो पटक भेटे र छानबिन रोक्न १५ लाख रुपैयाँ बुझाए’
‘शुभनारायण हाल पूर्वाञ्चल विश्वविद्यालयका डिन छन्। भाइमार्फत रकम बुझेका आयुक्त पाठकले इन्जिनियरिङ कलेजका सञ्चालकविरुद्ध अख्तियारमा परेको उजुरी तामेलीमा राखिदिने वचन दिए। बञ्जाराका अनुसार त्यसपछि पनि पाठकलाई दुई किस्तामा रकम बुझाइयो। एक पटकको रकम काठमाडौंको कमलपोखरी छेउमा गाडीमै दिइएको थियो। सम्बन्धित पक्षले मिठाईको प्याकेटमा रकम राखेर आयुक्त पाठककै हातमा बुझाएको थियो।घूस बुझेर पनि पाठकले समयमा काम गरेनन्।’ आजभोलि आजभोलि भन्दै झुलाइरहे
‘अख्तियारका आयुक्त पाठक यसअघि पनि काठमाडौं विश्वविद्यालयको प्रवेश परीक्षा प्रकरण, मेडिकल कलेजमाथि हस्तक्षेप जस्ता विवादमा मुछिएका थिए। अख्तियारका तत्कालीन प्रमुख आयुक्त लोकमानसिंह कार्कीसहित पाठकको टोलीले काठमाडौं विश्वविद्यालयको प्रवेश परीक्षामा हस्तक्षेप गरेको थियो।
आयुक्त पाठकले आईओएमका प्राध्यापकहरू विमलकुमार सिन्हा र शरद वन्तलाई घरमै बोलाएर छोरी प्रिया पाठकलाई पोस्ट ग्य्राजुएसन (पीजी) मा जसरी पनि भर्ना गर्न दबाब दिएको खुलासा भएको थियो। आयुक्त पाठकको दबाब नमानेपछि आईओएमका ७ प्राध्यापकमाथि कारबाहीको पत्र काटिएको थियो। ५२ प्रतिशत मात्रै अंक ल्याएका कारण भर्ना नपाएकी पाठककी छोरी संलग्न प्रवेश परीक्षामा उनलाई उत्तीर्ण गराउने नियतले अख्तियारले हस्तक्षेप गरेको थियो’
अख्तियारका पदाधिकारीदेखि अदालतका न्यायाधीशसमेत अहिले भ्रष्टाचारमा मुछिएका घटना सार्वजनिक भैरहेका छन् । राजनीति र प्रशासन लगायत सबैतिर मौलाएको भ्रष्टाचार निवारण गर्न कदम चाल्नुपर्ने पात्र नै भ्रष्टाचारमा संलग्न हुँदासमेत कारवाही हुनुको साटो राजीनामापछि उन्मुक्ति दिने प्रवृत्ति देखिएको छ । जति ठूला पद, त्यति नै ठूला आरोप र विवाद, तर कारबाही शून्य । किन यस्तो भैरहेको छ ? यो र यस्तै प्रश्नको जवाफ खोज्न पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले रामबहादुर रावलसंगको कुराकानीमा भनिन्।