आजकाे माैसम : वर्षा र हिमपातकाे सम्भावना

काठमाडाैँ : देशमा पश्चिमी  न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । बिहान सुदूरपश्चिम र गण्डकीमा सामान्य बदली रही बाँकी प्रदेशमा आँशिक बदली छ। सुदूरपश्चिमका एक/दुई स्थानमा हल्का वर्षा भएको छ।

दिउँसो देशभर आंशिकदेखि सामान्यतया बदली रहने माैसम पूर्वानुमान महाशाखाले जानकारी दिएकाे छ। सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।  देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको आँकलन गरिएकाे छ ।

बिज्ञापन

राति पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षा हुनेछ। उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।  बिहीबार प्रदेश १, बागमती तथा गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्यतया बदली हुनेछ ।

पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षाको आँकलन माैसमविदले गरेका छन् ।