
गौरादह
कार्तिक २० गौरादह
सान नेपाल
गौरादह नगरपालिका कार्यपालिका बैठक यथासिघ्र बसाउन माग गर्दै नगर प्रमुख लाई बुधवार ध्यानाकर्षण पत्र बुझाईएको छ । नगरप्रमुखले नियमित बैठक बसाउन नसक्ता नगरका दैनिक कार्य सञ्चालन गर्न समस्या परेको भन्दै १४ जना कार्यपालिका सदस्य द्धारा ध्यानाकर्षण पत्र बुझाईएको हो । ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘नगरप्रमुखले नियमित बैठक आह्वान नगर्नु भएका कारण नगरपालिका बाट हुने सम्पुर्ण कामहरु प्रभावित भई कार्यालयबाट हुने दैनिक काम योजनाहरु प्राय रुपमा ठप्प भएका छन् जसका कारण आम जनताले दुःख पाईरहेका छन् भनें अन्य प्रसासनिक काम प्रभावित भएका छन् । नगरपालिकाको महत्वपूर्ण रुपमा रहेको प्राविधिक तर्पmका करारका कर्मचारीको समयवधि आश्विन मसान्त बाट समाप्त भई झन समस्याग्रस्त भएको छ । यस विशम परिस्तिथितीमा नगरप्रमुखलाई पटक पटक मौखिक रुपमा कार्यपालिका बैठक बोलाउन आग्रह गरेता पनि लामो समय देखि कार्यपालिका बैठक नबोलाएको हुँदा बाध्य भएर कार्यपालिकाको बैठक बोलाउन आग्रह गरेता पनि लामो समय देखि कार्यपालिका बैठक नबोलाएको हुँदा बाध्य भएर कार्यपालिकाका बैठक अविलम्व ३ दिन भित्र वोलाउन बैठकका विषय वस्तु सहित माग गर्दछौँ साथै मासिक रुपमा हुने नियमित बैठकलाई पनि कार्यसुची अनुसार नियमित गर्न आग्रह गर्दछौँ । कार्यपालिकाको बैठक अलिलम्व नवोलाए बाध्य भएर अन्य विकल्पमा जान बाध्य हुनेछौँ ।
ध्यानाकर्षण पत्रम करारका प्राविधि कर्मचारी सम्वन्धमा व्यवस्था गर्नुपर्ने सम्वन्धमा यथासिघ छलफल गरि किनारा लगाउनु पर्ने, कर्मचारी भर्नाको लागि विज्ञापन प्रकाशन गर्नु पर्ने, तराई मधेस समृद्धि कार्यक्रम, समपुरक बजेट माग, फोहोर व्यवस्थापन सम्वन्धी कार्य अगाडि बढाउनको लागि यथासिघ्र कार्यपािलका बैठक बोलाउनु पर्ने माग गरिएको छ । कार्यपालिका बैठक समयमा नबोलाईएको विषय बारे बुभ्mन खोज्दा नगर प्रमुख रोहित कुमार साह संग बुभ्mन खोज्दा सम्पर्क हुन सकेन ।
कार्यपालिका सदस्यहरुले दिएको समय सिमा भित्र कार्यपालिका बैठक नवोलाएमा विषेश नगरसभा बोलाएर समस्या समाधान गरिने उपप्रमुख गिता भेट्वालको भनाई रहेको छ । प्रमुख कार्यकारी अधिकृत नहुँदा थप जटिलता भएको वताउदै उनले आगामी आईतवार सम्म नयाँ कार्यकारीको रूपमा खेमराज ओझा आउने निश्चित भएको वताईन ।

बिज्ञापन



