प्रचण्डलाई पार्टी कमाण्ड दिन ओली तयार

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)लाई पार्टी कमाण्डको जिम्मेवारी दिन तयार भएका छन् ।

लामो समयदेखि शक्ति र पदीय भागवण्डा मिलानको बहस गरिरहेका अध्यक्षद्धयवीचको निरन्तरको संवादपछि ओली प्रचण्डलाई पार्टी नेतृत्व दिन तयार भएका हुन् ।

बिज्ञापन

ओलीले अध्यक्षका हैसियतमा निर्णय गर्नुअघि आफ्नो सहमति लिनुपर्ने सर्त भने अघि सारेका छन् ।

तर प्रचण्डले भने पूर्ण कार्यकारी अधिकार दिनुपर्ने सर्त अघि सार्दै आएका छन् । अध्यक्षद्धय निकट नेताहरुका अनुसार ओलीले निर्णयमा आफ्नो सहमति खोजेका कारण अध्यक्षद्धयवीचको नयाँ सहमति सार्वजनिक हुन भने अझै एक दुई दिन लाग्न सक्छ ।शिलापत्रबाट