
काठमाडौँ – चलचित्र विकास बोर्डका अध्यक्ष तथा कलाकार केशव भट्टराईको निधन भएको छ । आइतबार राति भट्टराईको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

बिज्ञापन



५४ बर्षका भट्टराईको हृदयाघातका कारण मृत्यु भएको अस्पतालले जनाएको छ । उनलाई आइतबार राति १० बजे ओम अस्पताल लगिएको थियो ।

भट्टराई २०७५ चैत ४ गतेको मन्त्रिपरिषद्को बैठकले चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त भएका थिए ।
नेपाली चलचित्र वृत्तमा सरल स्वाभावका भनेर चिनिने भट्टराईले धेरै टेलिचलचित्र तथा चलचित्रहरुमा अभियन गरेका छन् भने भट्टराई आफ्नो मान्छे, छोडी गए पाप लाग्ला, देवर बाबु, कर्मयोद्धा जस्ता सफल चलचित्रको निर्माता पनि हुन् ।
भट्टराईको परिवारमा एक छोरा र श्रीमती छन् ।
Tags Used