प्रचण्डपत्नी सीता दाहाल उपचारको लागि बाबा रामदेवको आश्रममा

काठमाडौँ : लामो समयदेखि बिरामी रहेकी नेकपा अध्यक्ष तथा पूर्व प्रधानमन्त्री ‘प्रचण्ड’की धर्मपत्नी सीता दाहाल उपचारका लागि रामदेवको आश्रममा पुगेकी छन् ।

 

अध्यक्ष प्रचण्डकी स्वकीय सचिव समेत रहेकी छोरी गंगा दाहाले सीतालाई आयुर्वेदिक उपचारका लागि भारतको उत्तराखण्डस्थित हरिद्वारमा रहेको पतञ्जली योगपीठमा उपचारका लागि लगेकी हुन । दाहालसँगै पूर्वमन्त्री मातृका यादव पनि सँगै पुगेका छन् ।

 

छोरी गंगाले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा सीता, योगपीठका बाबा रामदेव र आचार्य बालकृष्णसँगै बसेर खिचेको तस्बिर सार्वजनिक गरेकी हुन ।सीता विगत लामो समयदेखि प्रोगेसिभ सप्रान्युक्लियर पाल्सी (पीएसपी) रोगबाट पीडित छन् ।