
काठमाडौं । विश्वकप क्रिकेटमा इंग्ल्याण्डले बंगलादेशलाई ३८७ रनको विशाल लक्ष्य दिएको छ । बंगलादेशले केहीबेरमा जवाफ व्यटिङ गर्नेछ ।
कार्डिफमा पहिले ब्याटिङ थालेको इंग्ल्याण्डले जेसन रोयको १५३ रनको मदतमा ६ विकेट गुमाएर ३८६ रन बनायो ।
उसको सुरुवात राम्रो रह्यो । जेसन रोय र जोनीले पहिलो विकेटका लागि १२८ रनको महत्वपूर्ण साझेदारी गरे ।
जोनी ५१ रनमा आउट भए भने रोयले १५३ रन बनाए । जोए रुटले मात्र २१ रन बनाए । जोश बट्लरले ६४, इयान मोर्गानले ३५ रनको पारी खेले ।