
एजेन्सी/ अमेरिकी सरकारले बिदेशी कामदार लैजाने नयाँ योजना शुरु गरेको छ । कामदार भिसाको आवेदन डीभी लट्री भर्ने तरिका जस्तै प्रकारको अनलाइन सिस्टम मार्फत आवेदन दिन सकिने भएको हो ।
आवेदन आगामी मार्च १ देखि खुल्नेछ भने मार्च २० सम्म भर्न पाइने छ ।
कामदार भिसा एचवानबीका लागि दर्ता शुल्क मात्र १० डलरमा फारम भर्न सकिने व्यवस्था रहेको बताइएको छ ।