
काठमाडौं । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले आधा दर्जनभन्दा बढी गाडी प्रयोग गरिरहेका छन्।
उनले मन्त्रालय, विभाग र प्रकृति संरक्षण कोषका गाडी प्रयोग गरिरहेका छन्। यो खबर आजको कान्तिपुर दैनिकमा अब्दुल्लाह मियाँले लेखेका छन्।
यी बाहेक उनको सचिवालयले मन्त्रालय र विभागका चार गाडी र सात मोटरसाइकल लिएको छ।
२०७४ मा संशोधित ‘मन्त्रीहरुको पारिश्रमिक र सुविधासम्बन्धी ऐन २०४९’ मा मन्त्रीले ‘सवारीका निमित्त एक मोटर, मासिक २५६ लिटर पेट्रोल र त्रैमासिक रुपमा ५ लिटर मोविल’ मात्र पाउने उल्लेख छ।
सरकारी सवारी साधन दुरुपयोगबारे मन्त्री बस्नेतले प्रतिक्रिया दिन चाहेनन्।