एक प्याकेट बिस्कुट चोरेको आरोपमा १० वर्षे बालकलाई रातभरि बिजुलीको पोलमा बाधेर कुटियो

एजेन्सी । एक प्याकेट बिस्कुट चोरेको आरोपमा १० बर्षका एक बच्चाले चरम यातना पाएका छन् ।बच्चालाई बिजुलीको पोलमा बाँधेर पिटिएको थियो । यो घटना भारतको हो । बच्चालाई कुटपिट मात्र गरिएन, त्यही चिसोमा रातभर पोलमै बाँधेर राखियो ।

 

बिज्ञापन

यस घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । घटना बिहार, हिसुवास्थित मिल्की गाउँको हो । खबरअनुसार, यस घटनाको जाकारी पाएर पनि प्रहरी राति घटनास्थल गएन ।

 

पञ्चायत बैठक

 

भेलिपल्ट बिहान पञ्चायतले दुई पक्षलाई बैठकमा बोलायो । जसले बच्चालाई चोरीको आरोप लगाएर पिटेका थिए, उनले (बच्चाका बाबुलाई) बच्चालाई अनुशासनमा राख्न सल्लाह दिए ।

 

मिल्की निवासी भत्तू चौहानको पसलबाट बिस्कुट चोरी गरेको आरोपमा करण बेलदारी गाउँका बच्चा कुटिएका हुन् ।