सान नेपाल
झापा । डाक्टरहरुको अस्पतालमा भन्दा बढी समय फार्मेसीमा बिताउदा सर्वसाधारणको स्वास्थ्यमा गम्भीर चुनौती थपिने संग संगै स्वास्थ्य उपचार समेत अत्यन्तै महंगो हुँदै गएको छ । मोटो आम्दानी खोज्दै अस्पतालका चिकित्सकहरु फार्मेसीमा क्याबिन राख्ने परम्परा संगै भयावह चुनौती थपिदै गएको हो ।
यसै सन्दर्भमा ओमकार टाइम्स मिडियाले दमक थानारोड आसपासमा रहेका फार्मेसीहरुमा स्थलगत अध्ययन गरेको छ । अध्ययन बाट बार्षिक रूपमा करोडौं रुपैयाँ कर छली हुने गरेको देखिएको छ भने उपचार गर्न आएका बिरामीहरुले संतोषजनक उपचार समेत पाउन नसकेको गुनासो समेत पाइएको छ ।
थानारोड आसपासमा रहेका दर्जनौं फार्मेसी मध्ये करिब ७/८ वटा फार्मेसीमा हरेक दिन बिरामीहरुको निकै ठुलो चाप देखिने गरेको छ । विभिन्न रोगको शिकार भएर आएका बिरामीहरु प्राय रेडियो टि भी मा बजाइने बिज्ञापन सुनेर उपचार होला कि भन्ने आशाले आएका भेटिन्छन् ।
कार्यालय समयमा अस्पतालमा देखिने अधिकांश डाक्टरहरु बिहान र बेलुकाको समयमा फार्मेसीमा हुनेगरेको पाईन्छ ।एक जना डाक्टरले बिहान र बेलुका गरेर १०० जना मात्र बिरामी ५०० रुपैयाको दरले जाच्दा पनि दैनिक ५०००० रुपैया आम्दानी हुन्छ । १० जना डाक्टरले मात्र प्रति डाक्टर ५०००० रुपैयाको दरले आम्दानी गर्दा ५ लाख आम्दानी हुन्छ ।यहि अनुपातमा १० जना डाक्टरको मासिक डेढ करोड रुपैया हुन्छ भने वार्षिक अठार करोड रुपैया हुन जान्छ ।यो वार्षिक आम्दानीको न्युनतम तथ्यांक मात्र हो शुक्रबार र शनिबार बिरामीको घुइँचो ज्यादै हुन्छ उक्त दुई दिनमै लाखौं रुपैया पुर्जीबाट मात्र उठ्ने गरेको जानकार बताउछन् ।यसरी वार्षिक रुपमा करोडौं रुपैया उठेतापनि डाक्टरहरुले कर भने नगन्य मात्रामा तिरेको पाईन्छ ।आफ्नो वास्तविक आम्दानी लुकाएर कर छलि गर्दा समेत सम्बन्धित निकायले खासै पहल गरेको देखिदैन ।
यस सन्दर्भमा ओमकार प्रतिनिधिले कर कार्यालय दमकका प्रमुख राम प्रसाद पाठकसंग जिज्ञासा राख्दा डाक्टरहरुले कर छलि गर्ने प्रयास नगरेका हैनन् तर गत वर्ष फार्मेसीमा छापा मारेर सबै डाक्टरहरुलाई करको दायरामा ल्याएको थियौं र यसपालिपनि ल्याउने जनाए ।
सामान्य समस्या बोकेर आएका बिरामीले समेत दर्जनौं ल्याब टेस्ट गराउनु पर्ने बाध्यताका कारण उपचार अत्यन्तै महंगो हुने गरेको पाइएको छ ।फार्मेसीमा आएका बिरामीहरु मध्ये एकै दिनमा उपचार गरेर फर्किने बिरामी कमै भेटिन्छन् ।
औषधिको कारोबारमा समेत बिरामीले बिल लिने परम्परा नै नदेखिनु विडम्बनापूर्ण भएको सरोकारवालाहरु बताउँछन् ।अोैषधी बिकाउनको लागि आवस्यकता भन्दा बढी ओैषधी भिडाइन्छ भने जाँच गर्नु नपर्ने कुरा पनि जाँच गर्न लगाएर ल्याव चलाउने गरेको जानकारहरु बताउँछन् ।