विपक्षी गठबन्धनका शीर्ष नेताले आज पत्रकारहरुसँग छलफल गर्दै

काठमाडौं : सरकारविरुद्ध सडक आन्दोलनमा समेत जाने निर्णय गरेको विपक्षी गठबन्धनले आज सञ्चारकर्मीहरुसँग पछिल्लो कदमको बारेमा अन्तरक्रिया गर्ने भएको छ । अपरान्ह संसद भवनमा सम्पादकहरुसँग छलफल कार्यक्रम राखिएको नेपाली कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले नेपाल जानकारी दिए ।

 

बिज्ञापन

उनका अनुसार विपक्षी गठबन्धनका शीर्ष नेताहरु शेरवहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड, उपेन्द्र यादव, माधवकुमार नेपाल र दुर्गा पौडेलले अन्तरक्रिया आयोजना गरेका हुन् । सम्पादकहरुसँगको अन्तरक्रियापछि आजै राजनीतिक बिटमा काम गर्ने पत्रकारहरुसँग पनि अलग्गै छलफलको आयोजना गरिएको छ ।

 

विपक्षी गठबन्धनले बुद्धिजिवी र नागरिक समाजसँग पनि छलफल गर्ने भएको छ । प्रतिनिधिसभा विघटनविरुद्ध देउवाकै नेतृत्वमा विपक्षी गठबन्धनले सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि संवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ ।