
काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आफू कुनै पदका लागि दौडधुप नगर्ने बताएका छन् । पार्टी प्रशिक्षणको लागि गुल्मी पुगेका नेता खनालले आफूले कुनै पदमा बार्गेनिङ नगरेको र पदका लागि दौडधुप नगरेको बताएका हुन् ।
तपाइएको नजर राष्ट्रपतितिर हो रे नित भन्ने पत्रकारहरूको प्रश्नमा उनले भने, ‘मैले कुनै पदमा बार्गेनिङ गरेको छैन र पदका लागि दौडधुप पनि गरेको छैन्।’
आफू राष्ट्रपतिको दौडमा नरहेको दाबी गर्दै खनालले देश र पार्टीको आवश्यकताअनुसारको भूमिका निर्वाह गर्न आफू तयार भएकाले अहिलेको दौड राष्ट्रपतिका लागि नभएर पार्टीका निम्ति भएको बताए । खनालले राष्ट्रपतिभन्दा पहिले पार्टीको निर्देशनअनुसार निर्वाचनमा प्रतिस्पर्धा गर्ने उल्लेख गरेका छन् ।
साथै नेता खनालले तत्काल वामपन्थी एकता नहुने पनि स्पष्ट पारेका छन् । वामपन्थी एकताका लागि ठूला पार्टी नै इच्छुक नभएको हुनाले एकता सम्भव नभएको खनालको भनाई छ । एमालेसँग पार्टी एकता नहुने तर माओवादीसँग भने एकताको कुरा चलिरहेको खनालले बताए ।