
कैलालीमा टिप्परको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

बिज्ञापन



गौरीगंगा नगरपालिका ६ वनभेडामा ना १ क ८८०३ नम्बरको टिप्परको ठक्करबाट से ७ प ३९०७ नम्बरको मोटरसाइकलमा सवार घोडाघोडी नगरपालिका ४ रामशिखरझलाका २८ वर्षीय भुवन चन्दको मृत्यु भएको प्रहरीले जनाएको छ ।

शुक्रवार बिहान गौरीगंगाको वनभेडास्थित राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको टिप्पर र विपरीत दिशाबाट आइरहेको मोटरसाइकल एक आपसमा ठोक्किदा मोटरसाइकल चालक चन्दको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले बताए ।
दुर्घटनामा गम्भीर घाइते चन्दलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल ल्याइएकोमा बिहान ९ बजेको समयमा मृत्यु भएको बस्नेतले जानकारी दिए । टिप्पर चालक दाङ गडुवा गाँउपालीका ७ का ३० वर्षीय विष्णु चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।