थरुहट-थारुवानद्वारा विद्रोहको घोषणा

धनगढी : कैलालीको हसुलियामा सम्पन्न थरुहट थारुवान राष्ट्रिय सम्मेलनले विभिन्न १५ वटा कारणसहित विद्रोहको घोषणा गरेको छ। आइतबार राती सम्पन्न सम्मेलनले आफ्ना माग पूरा गर्न विद्रोहको घोषणा गरेको जनाएको छ।

राज्य पुनःसंरचनाको विषयलाई लिएर लामो समयदेखि संघर्षरत थरुहटरथारुवान राष्ट्रिय मोर्चाको राष्ट्रिय सम्मेलन फागुन १५ र १६ गते कैलालीको कैलारी गाउँपालिकाको हसुलियामा सम्पन्न भएको हो।

बिज्ञापन

हसुलियामा सम्पन्न राष्ट्रिय सम्मेलन मार्फत १५ बुदे अवधारणापत्र’ जारी गर्दै मोर्चाले विद्रोहको घोषणा गरेको छ। मोर्चाले विद्रोहमा जानुको १५ कारण उल्लेख गरेको छ। मोर्चाले थारु बाहुल्य भूगोल समेटेर प्रादेशिक संरचना बनाउनुपर्ने, टीकापुर घटना राजनीतिक रुपमा सम्बोधन गर्नुपर्ने मुख्य माग अघि सारेको छ।

२०७२ भदौ ७ गते कैलालीको टीकापुरमा थरुहट आन्दोलनकारी र प्रहरीबीच दोहोरो झडप हुँदा आठ प्रहरीसहित एक नाबालकको ज्यान गएको थियो। सो घटना घटना मुद्दामा सांसद रेशम चौधरीसहित नेता कार्यकर्ताहरु जेल सजाय भोगिरहेका छन्।